संसदीय समितिबाट भूमि विधेयक बहुमतले पारित, माओवादी र रास्वपाले फरक मत राख्ने

काठमाण्डु–संसदीय समितिबाट भूमि सम्बन्धी विधेयक बहुमतले पारित भएको छ । प्रतिनिधि सभाको अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले विहीबार उक्त विधेयक बहुमतले पारित गरेको हो । विधेयकको छलफलबाट माओवादी केन्द्र भने बाहिरिएको छ । माओवादी र रास्वपाले विधेयकमाथि फरक मत लेख्ने भएका छन् ।