काठमाण्डु – कालीगण्डकी–तिनाउ डाइभर्सन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । बुधबार अधिवक्ताहरू तुलसीराम पोखरेल, रामबहादुर शाही र सन्तोष भण्डारीले कालीगण्डकी–तिनाउ डाइभर्सनले धार्मिक तथा सांस्कृतिक सभ्यतामा खलल पुग्ने भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । उनीहरुले तत्काल उक्त परियोजनाबाट कुनै पनि काम नगर्न नगराउनका लागि अन्तरिम आदेश जारी गर्नुपर्ने माग गरेका छन्…