धारा ७५ (५) सांसदले प्रधानमन्त्री बचाउन प्रयोग गर्न पाउँछन् : अधिवक्ता श्रेष्ठ

काठमाण्डु – वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रतिनिधिसभाका सदस्यहरुलाई दलीय ह्वीप नलाग्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा विघटनविरुद्धको रिटको सुनुवाईमा बोल्दै वरिष्ठ अधिवक्ता श्रेष्ठले संविधानको धारा ७५ (५) भनेको प्रतिनिधि सभाका सांसदलाई दिएको ब्रह्मास्त्र भएको बताएका हुन् । ‘हामीकहाँ भएको प्रणालीले प्रतिस्पर्धाका आधारमा प्रधानमन्त्री बनाउने हो । ७५ (५) भनेको प्रतिनिधि सभाका सांसदलाई दिएको ब्रह्मास्त्र हो…