धनगढी प्रादेशिक अस्पतालका ७ को रिपोर्ट नेगेटिभ

 कैलाली - कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा उपचार गराइरहेका धनगढी उपमहानगरपालिका– ५ हसनपुरका कोरोना भाइरस संक्रमित युवकका परिवारका सात सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । परिवारका आठ सदस्यको थ्रोट स्वाब सङ्कलन गरिएकामा उनकी ३४ वर्षीया भाउज्यूको रिपोर्ट पोजेटिभ तथा अन्य सातको रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा जगदीश जोशीले बताए ।…