काठमाडौं - कामना सेवा विकास बैंकको सञ्चालक समितिको २ सय ८९ औं बैठक विद्युतीय प्रविधिको प्रयोग गरी भिडियो कन्फरेन्समार्फत् आयोजना गरिएको छ । बैंकको सञ्चालक समितिले इतिहासमा यो पहिलो डिजिटल बैठक बसेको हो । नियमित बैैठकबाहेक सञ्चालक समितिले हालको अवस्थाको बारेमा गहन विश्लेषण एवं भावी रणनीतिको सम्बन्धमा नीतिगत निर्णय गर्न तथा आवश्यक दिशानिर्देश गर्न समेत…