शनिबार पाँच हजार ४२ जना संक्रमित थपिए, ८,२४३ जना निको भए

काठमाण्डु – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ५ हजार ४२ जना संक्रमित थपिएका छन् । कुल १६ हजार ८१४ परीक्षणमध्ये ११४७१ पिसिआरबाट ३५४० र ५३४३ एन्टिजेन परीक्षणबाट १५०२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो । योसंगै कुल संक्रमितको संख्या ५ लाख ८६ हजार ६ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।…