काठमाडौं – आज (बुधबार) देखि देशका हिमाली भागमा भारी हिमपातको साथै वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बुधबार बिहान तीनदिने मौसम पुर्वानुमान सार्वजनिक गर्दै साँझबाट नेपाल प्रवेश हुने पश्चिमी वायुको प्रणालीका कारण उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात र वर्षा हुने बताउँदै सतर्क रहन आग्रह गरेको छ ।…