काठमाण्डु – नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य गम्भीर बनेको छ । कोरोना भाइरसको संक्रमण भएर नर्भिक अस्पतालमा भर्ना भएकी शाहको श्वासप्रश्वासमा समस्या देखिएपछि आइसियूमा उपचार भइरहेको छ । उनलाई दैनिक १० लिटरसम्म अक्सिन दिनुपरेको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उनीसँगै संक्रमण भएका पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ…