काठमाण्डु – स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आफुले स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हालेपछिको प्रगति विवरण सार्वजनिक गरेका छन् । २०७८ असोज २२ गते मन्त्रालयको कार्यभार सम्हालेका उनले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै हालसम्मका उपलब्धि सार्वजनिक गरेका हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले घोषणा गरेको 'खोप, खोप र खोप' अभियानलाई महत्व दिँदै कोरोनाको परिक्षण गर्ने प्रयोगशालाको…