कोरोना संक्रमितलाई काठमाण्डु महानगरको निःशुल्क एम्बुलेन्स, सेवा लिन के गर्ने ?

काठमाण्डु – काठमाण्डु महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । पछिल्लो समय कोरोना भाइरसका बिरामीको सङ्ख्या बढ्दै गएपछि कामपाको मङ्गलबार बसेको विशेष कार्यपालिका बैठकले यसको न्यूनीकरण, रोकथाम र नियन्त्रणका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय गरेको हो । “हामीले सहकार्य गरेको…