प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या,अस्पताल भर्ना

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ्य भएपछि अस्पताल पुगेका छन् । प्रधानमन्त्री ओलीको मुटुको एन्जीओग्राफी गरिएको छ। मंगलबार साँझ महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड टान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलीको मुटुको एन्जीओग्राफी गरिएको हो।  यसअघि प्रधानमन्त्री ओली डायलासिसका लागि मनमोहन सेन्टरमा निरन्तर जाने गरेका थिए । सोमबार गृह जिल्ला झापा पुगेर विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी…