थप ४ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाण्डु – सरकारले सार्वजनिक बिदामा चार दिन थप गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले आगामी वर्ष ०७८ मा थप चार दिन चाडपर्व बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयको प्रस्तावमा जनैपूर्णिमा, दसैँको घटनास्थापना, माघे संक्रान्ति र तिहारको भाइटीकाको भोलिपल्ट पनि बिदा दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए…