काठमाण्डु – न्यायपरिषद्ले उच्च अदालतका १८ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षतामा आज बसेको बैठकले न्याय सेवाका विशिष्ट श्रेणीका दुई अधिकृत सहित जिल्ला न्यायाधीश र कानून व्यवसायीहरूबाट गरी १८ जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको हो । त्यस्तै बैठकले सर्वोच्च अदालतमा दुई जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ…