युवकको मृत्युपछि ट्याङ्करमा आगजनी

भीमदत्तनगर - कञ्चनपुरको पुनर्वास नगरपालिका–१ मा मोटरसाइकल दुर्घटनामा परी सोही नगरपालिका–७ का ३८ वर्षीय लोकेन्द्रसिंह ठकुरीको आज मृत्यु भएको छ । दुर्घटनास्थल नजिक दुई वटा पानी बोक्ने ट्याङ्करले नै मोटरसाइकललाई ठक्कर दिएर दुर्घटना भएको जनाउँदै आक्रोसित स्थानीयले दुवै ट्याङ्करमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए ।…