सिंहदरबार भित्रै नासुको प्रर्दशनः ‘माननीयज्यू, नासुका आँशु देख्नुभएन ?’

काठमाडौं – संघीय संसदको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको निजामती कर्मचारी विधेयकविरुद्धमा नायब सुब्बाहरूले सिंहदरबारमा प्रर्दशन गरेका छन् । सोमबार समितिले पारित गरेको उक्त विधेयक अन्नयपूर्ण रहेको भन्दै कर्मचारीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअगाडि विरोध गरेका हुन् । विरोधमा उत्रिएका नासुहरूले ‘माननीयज्यू, नासुका आँशु देख्नुभएन ?’ भन्नेजस्ता प्लेकार्ड बोकेर शान्तपूर्वक प्रदर्शन…