काठमाण्डु – अस्पतालको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै परिवारले विरोध जनाएका छन् । प्युठान जिल्ला अस्पतालमा गत बिहीबार पहिलो शल्यक्रियाबाट शिशु (छोरा)को जन्म दिएकी झिमरुक गाउँपालिका–७ तुषारा निवासी २४ वर्षीया अनिसा एम.सी.थापाको शनिबार राति मृत्यु भएको हो । अस्पतालले उनको पुन शनिबार दोस्रो पटक शल्यक्रिया गरेको थियो । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि…