काठमाण्डु – सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेसँगै प्रतिनिधिसभाका संसादहरुले पुस यताको एकमुष्ट तलब पाउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रतिनिधिसभाका सांसदहरुको जागिर पनि पुनःस्थापना भएको छ । योसँगै २७५ जना सांसदहरुले संसद नचलेको अवधिको पनि तलब पाउने भएका संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए…