विद्यालयमा क्वारेन्टाइनः विद्यार्थीलाई मनोवैज्ञानिक असर पर्न सक्ने

काठमाडौं – कोरोना भाइरस रोकथामका लागि सामुदायिक विद्यालयलाई लामो समय क्वारेन्टाइन बनाइँदा विद्यालय र बालबालिका शान्ति क्षेत्रको अवधारणामा प्रतिकूल असर पर्ने जनाइएको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आज आयोजना गरेको भर्चुअल संवादमा विद्यालय खुल्नुपर्ने समय आउँदा शिक्षक र विद्यार्थीमा मनोविज्ञानमा प्रतिकूल असर पर्ने भएकाले विद्यालयभन्दा अन्य स्थानमा क्वारेन्टाइन राख्न सुझाव दिइएको हो…