काठमाण्डु – राजधानी काठमाण्डु उपत्यकामा रातको समयमा बढिरहेको लुटपाट र आतंकका घटनालाई नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको छ । मूलपानीमा बुधबार राति प्रहरीले विशेष अभियान चलाएर १० जना लुटेरा पक्राउ गरेको काठमाण्डु प्रहरीले पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । पक्राउ परेकामध्ये मुख्य नाइके विनय तामाङलाई गोली लागेको छ र अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको…