भ्रष्टाचारको आरोपमा अमेरिकी क्रिकेटर जोन्स निलम्बित

काठमाण्डु- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले अमेरिकी ब्याटर आरोन जोन्सलाई निलम्बन गरेको छ । भ्रष्टाचारविरोधी नियम उल्लङ्घन गरेको आरोपमा आईसीसीले उनलाई तत्काल लागू हुने गरी सबै प्रकारका क्रिकेट गतिविधिबाट निलम्बन गरेको हो । आईसीसीले ३१ वर्षीय ब्याटर जोन्समाथि ५ वटा आरोप लगाउँदै आरोपबारे जवाफ दिन १४ दिनको समय दिएको छ । आईसीसी टी–२० विश्वकपको तयारीका लागि…