रसुवा - अन्न बालीको क्षतिपूर्तिवापत लाङटाङ राष्ट्रिय निकुञ्जले प्रदान गरेको राहत रकम सार्वजनिक भएको छ । किसानको खेतबारीमा पसी वन्यजन्तुले अन्न बाली नोक्सान पुर्याएवापत चालु आर्थिक वर्षको साउनदेखि हालसम्म १३९ जनालाई राहतवापत रकम वितरण गरिएको हो । क्षतिको मूल्याङ्कनका आधारमा बढीमा १० हजारसम्म राहत दिने कानूनी मापदण्डानुसार १० लाख ४६ हजार ८३५ वितरण भएको निकुञ्ज…