काठमाण्डु – नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसहित ६ वटा पार्टीहरूसँग एकताको प्रक्रिया चाँडै अगाडि बढाउने भएको छ । माओवादी प्रवक्ता अग्नि सापकोटाले शनिबार बसेकोे सचिवालय बैठकले एकता प्रक्रियालाई चाँडै टुंग्याउने निर्णय गरेको जानकारी दिए । पार्टी कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘हाम्रो आजको बैठकको एजेण्डा पार्टी एकता थियो । पार्टी एकतामा…