काठमाडौं—धरहरा क्षेत्रमा पर्ने परम्परागत उपाकु मार्ग खोल्ने सहमति भएको छ । बुधबार बिहान स्थानीय जनप्रतिनिधि, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रतिनिधि एवं धरहरा निर्माण गरिरहेको कम्पनीका प्रतिनिधिसहितको छलफलमा उक्त समझदारी बनेको हो । सोही समझदारीअनुसार यस वर्षका लागि अस्थायी मार्ग निर्माण सुरु भइसकेको छ । उक्त मार्ग पुरानो धरहरा र अब बन्ने धरहराको बीचमा रहनेछ । उपाकु…