डडेल्धुरा - जिल्ला कारागार डडेल्धुरामा रहेका ८८ लाई कोरोनाविरुद्धको खोप लगाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड सम्पर्क व्यक्ति हरिप्रसाद भट्टका अनुसार कारागारमा बन्दी जीवनयापन गरिरहेका ६९ जना कैदीबन्दी तथा उनीहरुको सुरक्षाका लागि खटिएका १९ सुरक्षामाकर्मीलाई खोप लगाइएको हो । कारागारमा सुरक्षाकर्मी र कैदीबन्दी गरी ९३ रहेका थिए जसमध्ये १० महिला र ८३ पुरुष…