जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रहरीले एक २६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमो एक जनालाई पक्राउ गरेको छ । राक्सिराङ गाउँपालिका–१ कुविनटारका ४२ वर्षीय विक्रम ब्लोनलाई सोमबार राति मकवानपुर प्रहरीले पक्राउ गरेको हो । गत शुक्रबार ती महिलालाई जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो । घटनाबारे प्रहरीले अनुसन्धान थालेको मकवानपुर प्रहरीले जनाएको छ ।