काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली हाल बसिरहेको बालुवाटारस्थित मुख्य निवासबाट सर्न लागेका छन् । हाल प्रधानमन्त्री बसिरहेको निवासलाई भत्काएर नयाँ भवन बनाउने तयारी भएपछि ओली आफ्नो सरकारी निवास छाडेर यसअघि राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना बस्ने क्वार्टरमा सर्ने भएका हुन् । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना पूर्व सभामुख कृष्णबहादुर महराको निवास खाली भएपछि उतै सरिसकेका…