काठमाडौं – रौतहटमा कोरोना भाइरस संक्रमितलाई आइसोलेसनमा लैजान खोज्दा झडप भएको छ । क्वारेन्टाइनमा रहेका दुई जना संक्रमितलाई आइसोलेसनमा लैजान खोज्दा क्वारेन्टाइनमा रहेका अन्य व्यक्तिले अवरोध सिर्जना गरेपछि झडप भएको थियो । प्रहरीले स्थिति असामान्य बनेपछि १३ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । संक्रमितलाई आइसोलेसनमा लैजान पुगेको प्रहरी र स्वास्थ्यकर्मीमाथि…