काठमाडौं – भक्तपुर नगरपालिकाका दुई जना कर्मचारीलाई आरडीटी परीक्षणमा कोरोना पोजेटिभ देखिएको छ । आरडीटी परीक्षणकाक्रममा नगरपालिकाका सफाई कर्मचारी र वडासचिवलाई कोरोना भाइरसउ संक्रमण पोजेटिभ देखिएको हो । आरडीटी पोजेटिभ आएका दुवै कर्मचारीको पीसीआर टेस्ट गर्न पठाइएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । उनले पीसीआर रिपोर्ट आएपछि सबै थाहा हुने बताइन् ।