काठमाडौं – चार किलो सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । त्रिभुवन विमानस्थलमा ड्रयागन एयरको विमानबाट नेपाल आएका चिनियाँ नागरिक ली निङ्ग्सीलाई अवैध सुनसहित आइतबार राति विमानस्थल प्रहरीले पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तर, विमानस्थल भन्सार कार्यालयले भने पहेंलो वस्तु बरामद गरेको र उक्त बस्तु सुन…