‘एक व्यक्ति, एक फलफूल रोपण अभियान’ मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौँ-सरकारले हरेक असार १४ गते फलफूल लगायतका विरूवा रोपेर राष्ट्रिय वृक्षारोपण दिवस मनाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को हालैको बैठकले उक्त निर्णय गरेको बिहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले जानकारी दिए। सरकारले राष्ट्रियस्तरमा ‘वृक्षारोपण वर्ष’ कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेको हो । मन्त्री बास्कोटाले भने– ‘२०१८ जुन…