काठमाण्डु - सरकारले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ तथा नियमावली, २०७७ बमोजिम यही कात्तिक ७ देखि विदेशी च्यानललाई विज्ञापनरहित (क्लिन फिड) प्रसारण लागू हुने भएकाले सहयोगका लागि सम्बन्धित पक्षलाई आह्वान गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज विज्ञप्तिमार्फत उक्त कानून कार्यान्वयनका लागि विज्ञापन बोर्डको गठन भइसकेको छ र अनुगमनका लागि जिम्मेवारीसहितको संस्थागत प्रबन्ध…