धरान - धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इनरुवा १ का ८३ वर्षीय पुरुषको मृत्यु भएको हाे । उनको आज बिहान २ बजेर १० मिनेटमा उपचारका क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार उच्च रक्तचाप, मधुमेहलगायत अन्य दीर्घ…