रअ प्रमुखलाई भेटेपछि प्रधानमन्त्रीद्वारा पुरानै नक्सा प्रयोग,लिम्पियाधुरा गायब ?

कठमाण्डु - प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंको शुभकामनासहित जारी गरेको सन्देशमा लिम्पियाधुरासहितको भूभाग नसमेटिएको नेपालको नक्सा प्रयोग गरेका छन्। नेपालको निशानमा पुरानो नक्सा छापिएपछि सामाजिक सञ्जालमा त्यसको विरोध भइरहेको छ । भारतीय गुप्तचर संस्था रअका प्रमुखसँग भेट भएपछि आएको प्रधानमन्त्रीको शुभकामना सन्देशमा पुरानै नक्सा प्रयोग हुनुलाई अनेक कोणबाट विश्लेषण गर्न थालिएको छ। भारतले नेपाली भूभागसहितको…