गोरखा - उत्तरी गोरखामा गएरातिदेखि भीषण हिमपात पर्न शुरु भएको छ । मौसममा बदली आएसँगै गएरातिदेखि ल्हो, सामागाउँ, चुम्चेत र छेकम्पारमालगायतका क्षेत्रमा हिमपात पर्न शाुरु भएको सामागाउँका स्थानीयबासी मिङ्मार लामाले जानकारी दिए । हिमपात पर्न शुरु भएसँगै जनजीवन प्रभावित हुन थालेको उनले बताए । “हिमपातसँगै चिसो पनि बढ्न थालेको छ”, लामाले भने, “दैनिक घरायसी कामकाजमा…