सुदूरपश्चिममा १ हजार ४८३ को स्वाब सङ्कलन

धनगढी - सुदूरपश्चिम प्रदेशका ६ जिल्लाका क्वारेन्टाइनमा रहेका एक हजार ४८३ जनाको स्वाब सङ्कलन गरिएको छ । सङ्कलित ती स्वाब परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाइएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ । निर्देशनालयका अनुसार डोटीमा ३३०, कैलालीमा ३७१, कञ्चनपुरमा १५८, डडेल्धुरामा १९९, बैतडीमा ४२५, अछाममा २२६ जना गरी कुल…