झापाका कैदीबन्दीले पाए मास्क र स्यानिटाइजर

झापा - प्रदेश नं १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले कोभिड–१९ को सङ्क्रमणबाट झापा कारागारका कैदीबन्दीलाई जोगाउन मङ्गलबार अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । उपलब्ध सामग्रीमा १ हजार १ सय मास्क, ४ कार्टुन स्यानिटाइजर र केही ग्लोब्स रहेको झापा कारागारका प्रमुख राजेन्द्र निरौलाले जानकारी दिए । झापा कारागारमा हाल ७७ महिलासहित १ हजार…