काठमाडौं – कोरोनाबाट बढी सङ्क्रमित भएको देशबाट आएका मानिस क्वारेन्टाइनमा नबसी निस्फिक्री हिँडिरहँदा सङ्क्रमण फैलने डरमा स्थानीयवासी त्रसित बनेका छन् । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि एक साताअघि विदेशबाट आएका १० जना छन् । तीमध्ये बढी प्रभावितमध्येको फ्रान्सबाट आएका मानिस क्वारेन्टाइनमा नबसी बिना रोकतोक हिँडिरहँदा स्थानीयवासी त्रसित भएको वडाध्यक्ष कृष्णबहादुर पण्डितले बताए…