मनकामना केबलकार आइतबारदेखि सञ्चालन हुने 

काठमाण्डु- कोरोना महामारीका कारण बन्द अवस्थामा रहेको मनकामना केबलकार आइतबारदेखि सञ्चालनमा आउने भएको छ ।  मनकामना दर्शन प्रालिले भदौ २० गतेबाट केबलकार सञ्चालन हुन लागेको जानकारी दिएको हो । मनकामना दर्शन प्रालिका अनुसार कोभिड-१९ को कारणले बन्द भएको केबलकार तथा रेष्टुरेन्ट लगायतका सेवाहरू यही आउँदो आइतबारदेखि स्वास्थ्य मापदण्डका साथ पुन सञ्चालन हुन लागेका हुन् ।…