कक्षा १२ को परीक्षा भदौ ३० देखि सञ्चालन गर्ने बोर्डकाे निर्णय (तालिकासहित)

काठमाण्डु – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । बोर्डले बुधबार सूचना जारी गर्दै कोरोना महामारीका कारण यसअघि स्थगित गरिएको परीक्षा भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड– १९ संकट व्यवस्थापन केन्द्रको सहमतिमा परीक्षा सञ्चालन…