डोटी – कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको आशङ्कामा जिल्ला अस्पताल डोटीको आइसोलेसन कक्षमा भर्ना गरिएका दिपायल सिलगढी नगरपालिका–७ रातुलीका १९ वर्षीय तिलक भण्डारीलाई अस्पतालले डिस्चार्ज गरेको छ । छिमेकी मुलुक भारतको तेलङ्गना राज्यमा काम गर्दै आएका ती युवक केही हप्ता पहिले आफनो जन्मथलो डोटी आएका थिए । तेलङ्गनामा कोभिड–१९ को सङ्क्रमणका बिरामी फेला परेपछि उनलाई…