काठमाडाैँ—भूकम्पपछिको पुनःनिर्माणका लागि भारतले दुई अर्ब ४५ करोडको चेक हस्तान्तरण गरेको छ । भारतका बाह्य मामिलामन्त्री सुब्रमन्यम जयशङ्कर र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको उपस्थितिमा पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई नेपालका लागि भारतका राजदूत मञ्जिवसिंह पुरीले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्। यसैगरी हुलाकी राजमार्ग निर्माणका लागि ८१ करोडको चेक नेपाल सरकारलाई हस्तान्तरण भएको…