काठमाण्डु - पछिल्लो दशक उनको जीबनमा उतारचढावपूर्ण रह्यो । भाइबहिनाको विहे भयो । उनलाई अन्माउने बुबाआमाको धोको त्यसै रह्यो । जागिर, बिहे, आयआर्जन आदिइत्यादि व्यक्तिक सवालका लागि सबैभन्दा बढी महत्वपूर्ण मानिने उमेरमा उनको सूर अर्कै रह्यो । धेरैका नजरमा यो बेसुर थियो । बेसुरै सही मनमा जे गडेको थियो उनी त्यसैमा दत्तचित्त भएर लागिन ।…