वरिष्ठ साहित्यकार डीपी भण्डारीको निधन

काठमाडौं – वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर डीपी भण्डारीको निधन भएको छ । काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार गराइरहेका ८५ वर्षीय भण्डारीको शनिबार निधन भएको हो । भण्डारी लामो समयदेखि श्वासप्रश्वास, निमोनियालगायत रोगबाट पीडित थिए । भण्डारीले लामो समय त्रिभुवन विश्वविद्यालयमा अध्यापन गराएका थिए ।