बम विस्फोटमा ‘विप्लव समूहको संलग्‍नता’: तीनकाे मृत्यु, नख्खु बम काण्डका अभियुक्त घाइते

काठमाडौँ— तीन जनाको ज्यान जाने गरी आइतबार राजधानीका दुई स्थानमा भएको सिलिन्डर ग्यास ‘बम’ विस्फोटमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित समूहको संलग्नता रहेको सुरक्षा अधिकारीहरुले पुष्टि गरेका छन्। करीब एकै समयमा सुकेधारा र अनामनगरको घट्टेकुलोमा भएको बम विस्फोट तीनजनाको मृत्यु हुनुका साथै ६ जना घाइते भए। घाइतेमध्ये दुइजना विप्लव समूहका रहेको प्रहरीले जनाएको छ। घट्टेकुलोको…