काठमाडौं - सत्तारुढ नेकपाका नेता भीम रावलले दूतावासले अर्ति दिएर कूटनीतिक गतिविधि गर्ने क्रम रोकिनुपर्ने बताएका छन् । भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’ का प्रमुख समान्तकुमार गोयलको सक्रियताप्रति नेता रावलले मंगलबार ट्विट गर्दै भारतीय दूतावासको सक्रियताप्रति आपत्ति जनाएका हुन्। रअ प्रमुख गोयलसहितका केही उच्च सुरक्षा अधिकारी आएको अवसरमा भारतीय दूतावासले जलपानका लागि…