बाढी-पहिरोमा मृत्यु हुनेको संख्या ७८ पुग्यो, ३२ जना बेपत्ता (विवरणसहित)

काठमाडौं - अविरल वर्षाका कारण देशभरकै जनजीवन प्रभावित भएको छ । लगातारको वर्षापछिको पहिरो, बाढी र डुबानमा मंगलबार साढे १२ बजेसम्म ७८ जनाको मृत्यु भएको छ भने ३२ जना बेपत्ता भएका गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका अनुसार झापामा ३, मोरङमा २, सुनसरीमा २, पाँचथरमा १, भोजपुरमा ५, इलाममा १, ओखलढुंगामा ४ जनाको मृत्यु भएको…