कठमाण्डु - १३ वर्षअघि नेपाली कांग्रेसका नेता अफताब आलमले डेढ दर्जनलाई जिउँदै जलाएको भनिएको इँटा भट्टाका हेडमिस्त्री पक्राउ परेका छन् । बाराको सिम्रोनगढ नगरपालिका–४ का ५५ वर्षीय बर्दी सहनीलाई प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको टोलीले भारतको सीमावर्ती रौतहटको बौधीमाई नगरपालिका–७ बड्की बंगुल एरियाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । अफताव आलम र महताब आलमको निर्देशनमा २०६४…