२२५३ कोरोना संक्रमित थपिए, १३२९ जना डिस्चार्ज

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३ सय २९ जना संक्रमित डिस्चार्ज भएका छन्…