मकवानपुरमा बस दुर्घटना, तीन जनाको मृत्यु

हेटौंडा – मकवानपुरगढी गाउँपालिकाको शिखरकटेरीमा ना ३ ख ३५५६ नम्बरको मकवानपुरगढीदेखि हेटौँडातर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्तक तीनै जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा परी १८ जना घाइते भएका छन् । मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।…