इटाली हिडेका नेपालका सन्तोष श्रेष्ठ लिबियाँको युद्धमा मारिए

काठमाडौं – युरोपेली मुलुक इटाली हिँडेका एक नेपाली युवा लिबियाको युद्धमा मारिएका छन् । मानव तस्करको चङ्गुलमा परेर युद्धग्रस्त अफ्रिकी देश लिबियाँ पुगेका २७ वर्षीय सन्तोष श्रेष्ठको रात्रि आक्रमणमा परी मृत्यु भएको त्रिपोलीस्थित अन्तर्रा्ष्ट्रिय आप्रवास सङ्गठन (आइओएम) लाई उद्धृत गर्दै कायरोस्थित नेपाली दूतावासले जनाएको छ । आक्रमणमा परी नेपाली युवा श्रेष्ठसहित ४० जनाको ज्यान गएको…